कटहरिया नपामा भइरहेको विकास निर्माणको काम लाइ गरियो अनुगमन

आरके श्रीवास्तव । रौतहट । आषाढ १८ गतेरौतहट जिल्लाको कटहरिया नगरपालिका अन्तर्गत को पूर्वाधार विकास निर्माणका काम काज लाई अनुगमन गरिएको छ । नगर विकास अन्तर्गत रहेका योजनाहरू लाई कटहरिया नगरपालिका कि उप प्रमुख नुरजाहा खातुन र प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार रजकले अनुगमन गर्नु भएको थियो । साथै तीब्र गतिमा विकास निर्माणका काम काज समयमै सकाउनुपर्ने निर्देशन दिनुभएको थियो ।
यसअवसर मा रौतहट जिल्लाको कटहरिया नगरपालिका का समाज सेवी युवा नेता नसरूदिन अन्सारी ,योजना प्रमुख रामनरेश यादब, सुचना अधिकारी हरिनद्र यादव, इन्जिनियर अरुण साह, ओभरसियर प्रविधिक श्याम साह,लगायत आ.व. २०७६ र ०७७ को संचालनमा रहेका कटहरिया नगरपालिकाका अन्तर्गत रहेको योजनाहरू लाई अनुगमन तथा सुपरिवेक्षण गर्नु भएको थियो ।
वडा स्तरीय र नगर स्तरीय विकास निर्माणका कार्य को अनुगमन गर्नु गरिएको थियो । नगर स्तरीय योजना ग्रेभल तथा ढलान वडा नं ४ हर्षाहा, महादेव गेट वडा नं ५, पिसिसि ढलान कार्य वडा नं १, वडा कार्यालय भवन ४, समुदायीक भवन निर्माण कार्य, ग्रेभल कार्य वडा नं १ को लगायतका कामको अनुगमन गर्नु भएको थियो । अनुगमन को क्रम मा दुई वटा योजना को काम सन्तोषजनक नरहेको ले उक्त योजना निर्माण कार्य को सन्तोषजनक काम गर्न भनिएका उपमेयर खातुनका स्वकीय सचिव रामअधार यादव जानकारी दिनुभएको छ ।