प्रहरीले पक्राउ गरेको सामान भन्सारमा बुझायो

आरके श्रीवास्तव । रौतहट । आषाढ १८ गते
जिल्ला प्रहरी कार्यालय रौतहट साठी हजार रुपैया बराबरको सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको सिमा नाकाहरुबाट हुने चोरी निकासी, पैठारी भन्सार छली चोरी तस्करी गर्ने कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत मिति बुधवार को जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले नगरपालिका वडा नं.२ स्थित नेपाल भारतको सिमा दशंगजा नजिक भन्सार छली चोरी पैठारी, निकासी गर्ने मानिसहरुले प्रहरी गस्ती टोलीलाई देख्नासाथ भागी फरार भएको र वेवारीसे आवस्थामा फेला पारी नियन्त्रणमा लिएको कुर्ता सुरुवाल, पैन्ट, गम्छा ,जाघिंया ,गंजी लगाएत विभिन्न कपडा तथा फुलमाला ३ बोरा लगायतका करिब साठी हजार पाँच सय बिस रुपैया बराबरको सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको । जिल्ला प्रहरी कार्यालयरौतहट जानकारि गराएको हो ।