कटहरियाको एक घरमा खस्यो चट्यांग,लाखौंको क्षती

रौतहट । आषाढ १८ गते
रौतहटको कटहरियामा पनि चट्यांग खसेको छ । आजबिहान ७ बजेर ३० मिनेट बजेको समय कटहरिया ५ बजारमै एउटा घरमा चट्याङ खसेको थियो । चट्याङ खस्दा घरमा रहेका व्यतीहरु बाहेक आसपास व्यतीहरु पनि एकछिन त्रसित भएका थिए । चट्याङ लाग्दा लाखौँ बराबरको क्षति भएको छ । स्थानीय स्वास्थ्यर्की कृपाशंकर यादवको घरमा चट्याङ लागेर घरमा रहेको एकथान एलिडि टिभी, कम्प्युटर, राउटरलगायत लाखौँ बराबरको सामान पूर्णरुपमा क्षति भएको पीडित यादवले बताएका छन् । घटना भएको घर आसपासको करिब ७ वटा घरहरुमा रहेको इलेकट्रोनिक्ससमानहरु पुर्ण रुपमा क्षती भएको स्थानिय अजय ठाकुरले बताएका छन् । चट्याङ बाट कुनै मानविय क्षती नभएपनि क्लिनिकमा आएका बहादुरपुर टोलका एक जना व्यती बालबाल बचेका थिए ।