कटहरिया नपामा अपांगहरु लाइ पहिचान गरि परिचयपत्र वितरण गर्ने गरियो निर्णय

आरके श्रीवास्तव । रौतहट । आषाढ १८ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकाको अपांग समन्वय समितीको बैठक समपन्न भएको छ । समन्वय समिती की संयोजक एवम् कटहरिया नपाकी उपमेयर नुरजहाँ खातुनको अध्यक्षतामा बैठक समपन्न भएको छ । बैठकमा अपांगता व्यतीको पहिचान र वर्ग सम्बन्धमा छलफल भएको थियो । छलफल पछि नगरपालिका को वडा १ देखि ९ सम्मका अपांगता भएका व्यतीहरुको क,ख ,ग र घ वर्ग पहिचान गरि ७० जना लाइ छनौट गरिएको छ । छनौट भएका व्यतीहरुको परिचयपत्र वितरण गर्न सर्व सहमती बाट निर्णय गरिएको उपमेयर खातुनले बताइन । यस अवसरमा उपमेयर खातुन संगै निमित प्रमुख प्रशासकिय अधिकृत मनोज रजक,पिएचसि कटहरियाका डा. यसु मल्ल , इप्रका कटहरियाका सइ सुरेन्द्र सिंह,रामगणेश साह सहितका व्यतीहरुको उपस्थिती रहेको उपमेयरका स्वकिय सचिव रामअधार यादवले जानकारी गराएका हुन् ।