जिल्ला र प्रदेश सभापतिले कांग्रेसको टिकट बेचिरहेकाले असल कार्यकर्ता भागिरहेको महासमिति सदस्यको खुलासा

अवधनरायण राम
रौतहट १४ बैशाख ।
नेपाली कांग्रेस रौतहट सभापति सुनिल यादव र मधेस प्रदेश सभापति कृष्ण यादवले करोडौंको लेनदेन गरेर पार्टी को टिकट बेचिरहेकाले असल कार्यकर्ता पार्टी छोडेर अन्य दलमा भागिरहेको एकजना महासमिति सदस्यले खुलासा गरेका छन ।
रौतहट स्थित नेपाली कांग्रेसका महसमिती सदस्य वाल्मीकि प्रसाद यादवले पार्टीका अग्रपंक्तिका केहि नेताहरूले अघिल्लो निर्वाचन देखिनै पार्टीको टिकट बिक्री गर्दैआएको खुलासा गरेका हुन ।
उनले पत्रकार संग संक्षिप्त कुरोगर्दै कांग्रेसका प्रदेश सभापति कृष्ण यादव र जिल्ला सभापति सुनिल यादव जितेन्द्र मिलेर अघिल्लो स्थानीय निर्वाचन देखिनै करोडौंको चलखेल गरि टिकट बिक्री गर्दैआएको स्पष्ट पारेका छन ।
गत स्थानीय निर्वाचनमा तत्कालिन जिल्ला सभापति कृष्ण यादव र सभासद जितेन्द्र यादवले करोडौं रुपैया लिएर
कटहरिया नगरपालिकामा कृयाशिल कार्यकर्ता लाई पाखा लगाएर उधोगपती ओमप्रकाश जयसवालको छोरा अजय प्रकाश लाई मेयरको टिकट बेचेका थिए ।
लगत्तै कांग्रेसका दर्जनौं प्रभावशाली नेताले पार्टी छोडेर अन्य दलमा गएपछि मेयरका उमेदवार अजय प्रकाश पराजित भएको महासमिति सदस्य वाल्मीकि प्रसाद यादवले बताए ।
छोरा पराजित भएपछि आक्रोशित उधोगपती जयसवाल गत संसदिय निर्वाचनमा तत्कालीन राजपाको टिकट बाट चुनाव लडेर अधिकांश मत काटेर कांग्रेसका सांसदका उमेदवार सुनिल यादव लाई हराउन ठुलो भुमिका खेलेका थिए ।
यति हुंदाहुदै पनि कांग्रेसका जिल्ला सभापति सुनिल यादव र प्रदेश सभापति कृष्ण यादव आर्थिक प्रलोभनमा परेर फ़ेरि यसपटक उनै उधोगपती ओमप्रकाशका छोरा अजय प्रकाशलाई कटहरिया नगरपालिकाको मेयरको टिकट दिएको खुलासा गरेका छन ।
कांग्रेसमा आफू फुलटाईमर कार्यकर्ता रहेकाले कटहरिया नगरपालिकाको मेयर पदको दावेदार थिए । तर साथिहरुको सल्लाह अनुसार कटहरिया नगरकमिटी,क्षेत्र र जिल्लाको सिफारिसमा मधेस प्रदेशले मेरो प्रतिनिधि चुन्नु कुमारी यादवको नामले दिएको उपमेयरको टिकटको आधारमा गत ११ गते कटहरिया स्थित निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएको महासमिति सदस्य यादवले बताए ।तर उनै उधोगपतिको ईशारामा जिल्ला सभापति र प्रदेश सभापति मिलेर मेरो प्रतिनिधिको मनोनयन खारेज गराएर उसको स्थानमा कतै बाट सिफारिस नभएका रिता यादवको नाम अगाडि सारेको उनले गुनासो गरेका छन ।
निर्वाचन कार्यालय कटहरियाका प्रमुख चन्द्र प्रसाद लुइँटेलले गत ११ गते उपमेयर पदको लागि चुन्नु कुमारी यादव र वडा ९ को अध्यक्षको लागि रामप्रमोद यादव को नामले मनोनयन दर्ता भएको थियो । तर गत १२ गतेको दोस्रो पत्रको आधारमा उपमेयर उमेदवारमा रिता देवि र वडा ९ को अध्यक्षको उमेदवारमा रुपेस यादवको नाम समावेश भएको प्रमुख लुइँटेलले पुष्टि गरेका छन ।
कांग्रेसको टिकट बितरणमा जिल्ला र प्रदेश सभापतिले गरेको आर्थिक चलखेलको कारण कांग्रेस महाधिवेशन प्रतिनिधि शेख एकरामुल हक लगायत जिल्लाका दर्जनौं प्रभावसाली नेताहरू पार्टी छोडेर अन्य दलमा गएको उनको भनाई छ।
कांग्रेस पार्टीमा कार्यकर्ताले नेतालाई पैसा पठाए मात्र सम्मान हुनेभएकाले आफुपनी पार्टी छोडेर एकदुई दिनमा एमाले पार्टीमा प्रवेश गर्ने महासमिति सदस्य यादवले उदघोस गरेका छन ।