राष्ट्रकवि घिमिरेको निधनले आफूलाई निकै दुखी बनाए –प्रधानमन्त्री ओली

रौतहट, भदौ ३ गते

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेले साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने नसक्ने बताउनु भएको छ ।

१०२ बर्षको उमेरमा मंगलवार देहत्याग गर्नुभएका राष्ट्रकवि घिमिरेको निधनले आफूलाई निकै दुखी बनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।

‘उहाँको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ। साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन, प्रधानमन्त्री ओलीले भन्नुभएको छ, शोकको यस क्षणमा म उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्दछु । साथै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ सभार जनता टाईम्स