स्थानीय तहको निर्वाचन : देशैभर सुरु भयाे मतदान

स्थानीय तहको निर्वाचनका लागि मतदान सुरु भएको छ । निर्वाचन आयोगले देशैभर मतदान सुरु भएको जनाएको हो । मतदान साँझ ५ बजेसम्म जारी हुनेछन ।

६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्ठानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिध चयन गर्न आज मतदान हुँदैछ ।

यस निर्वाचनमा विभिन्न राजनीतिक दलका तीन सय ५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भई सकेका छन् भने ६ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यसमेत निर्विरोध निर्वाचित भइसकेका छन् ।

यस निर्वाचनमा १० हजार सात सय ५६ मतदान स्थलका २१ हजार नौ सय ५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाताले जम्मा ३५ हजार दुई सय २१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनौट गर्नका लागि मतदान हुदैँछ । आयोगका अनुसार स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

५५ हजार ६ सय ९८ जना महिला र ८९ हजार ३ सय १३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।