११ मुस्लिम धर्मगुरु बारामा पक्राउ

बारा, २० चैत । बारा जिल्लाबाट लकडाउनको समयमा भारत हुदै नेपाल प्रवेश गरेका ११ जना मुस्लिम धर्मगुरुहरुलाई क्वारेन्टाईनमा राखिएको छ । भारतको बिभिन्न स्थानमा ४० दिनको जमात पुरागरी बाराको ग्रामिण नाका हुँदै लकडाउनको समयमा नेपाल फर्किएका ११ जना मुस्लिम धर्मगुरुहरुलाई वीरगंजको सिद्धार्थ माध्यमिक बिद्यालयमा बनाइएको क्वारेन्टाईनमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्णा प्रसाद पगेनीले जानकारी दिए । सप्तरी जिल्लाको तिलाठी र कोइलाडी गाउपालिकाका मुस्लिम धर्मगुरुहरु भारतको दिल्लीमा भएको जामात सकेर विहिबार बिहान बाराको बिश्रामपुर गाउपालिकाको बलिरामपुर, बरैनिया र मुसहर्वा नाका हुँदै स्थानीय मस्जिदमा आएपछि उनीहरुलार्ए नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राखिएको छ । यसरी भारतबाट नेपाल आएका मुस्लिम धर्मगुरुहरुमा कोराना भाईरस हुन सक्ने आशंकामा नियन्त्रणमा लिईएको छ । खुल्ला सीमाको प्रयोगगरि खेतको बाटोहुँदै बाराको मुसहर्वा टोलको मस्जिदमा पुगेका मुस्लिम धर्मगुरुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र तत्कालकालागी १४ दिन क्वारेन्टाईनमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यता बारा जिल्लाको १६ वटा स्थानीय तहमा २४ वटा क्वारेन्टाईन र २६ वटा आईसेलेशन वेड निर्माण गरिएको छ । हालसम्म २८ जना क्वारेन्टाईनमा बसेर ८ जना घर र्फिता गई सकेको तथा २० जना क्वारेन्टाईनमा स्वास्थ्य तथा प्रहरीको निगरानीमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक कञ्चनराज चलले बताए ।