श्री झरिमाई नरसिंह युवा क्लबद्वारा दलित समुदायमा शसक्तिकरण कार्यक्रम सम्पन्न।

झरिमाई नरसिंह युवा क्लबद्वारा परोहा-७र८का दलित(मुसहर)समुदायमा शसक्तिकरणको कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको उदघाटन शुआरम्भ परोहा नगरपालिका वडा नं.८का वडा अध्यक्ष श्री खेदु मुखियाले पढने विधार्थीहरुलाई कपि कलम बाडेर गरेको छ।

कार्यक्रममा पिछडिएका केहि दलित समुदायका ब्यक्तिहरुलाई सुधारमुलक पर्शिक्षण कार्य भएका छन।तयसतै उक्त कार्यक्रममा साजसेवी तथा झरिमाई नरसिंह युवा क्लबका संचालक राम आर्यले आफ्नो मन्तब्य राख्दै भनेको छ समाजलाई अनेक संधसंस्था तथा निकायले बिभिन्न तरिकाले सुधारण खोज्छ र सुधार्ने कार्य पनि गर्छ,धेरै जसो ठाउमा समाजमा सुधार पनि भईरहेको छ।

तर हाम्रो समाज अन्तरगत पिछडिएका केहि दलित समुदायमा शस्क्तिकरण तथा सुधार ल्याउन मुख्य चुनौती शिक्षाको कमि रहेको छ भनि आर्यको तर्क रहेको छ।

विषेस गरि कार्यक्रममा दलित समुदायका पढने विधार्थीहरुलाई पढन,शिक्षा हासिल गर्न उतप्रेरित हुनको लागि बिशेस व्यक्तिद्वारा कलम,कापी,नास्ता र फ्रुटी वितरण कार्य भएको छ।कार्यक्रम परोहा नगरपालिका रौतहटको सहयोगमा श्री झरिमाई नरसिंह युवा क्लब परोहा,नरकटियाले गरेको छ।कार्यक्रममा समाजका भारभालादमी,बुधिजिवी,वडा नं. ८ का वडाअध्यक्ष,पत्रकार र प्रहरीको उपस्थिति रहेको थियो।