संघीय हिन्दु लोकतन्त्र प्रमुख एजेन्डा सहित राष्ट्रिय समता पार्टी नेपाल घोषणा गरिएको छ। रौतहट जिल्ला को दुर्गा भगवती गाउँपालिका मा आज हजारौं को जनसहभागिता का बिच पार्टी घोषणा कार्यक्रम गरिएको छ। अयोध्या श्रीरामलला मन्दिर प्राण प्रतिष्ठा को प्रथम वार्षिकोत्सव को अवसरमा आज उक्त पालिकाको वडा नं.२ भलोहिया स्थित रहेको श्रीराम जानकी मठ परिसर बाट व्यापक उपस्थिति सहितको उल्लासमय वातावरणमा निकालिएको बृहत शोभा यात्रा पश्चात् पार्टी घोषणा कार्यक्रम गरिएको छ सो पार्टीको राष्ट्रिय अध्यक्ष विजय प्रकाश निषाद ज्यूको प्रमुख आतिथ्यमा तथा वरिष्ठ उपाध्यक्ष विशाल झा, महासचिव डा.अभिषेक तिवारी,प्रवक्ता अधिवक्ता रणवीर कुशवाहा , केन्द्रिय प्रशिक्षण विभाग प्रमुख पं.श्रीनन्दन भारद्वाज, मधेस प्रदेश अध्यक्ष विवेक शाह कानु, पार्टीका केन्द्रीय सदस्यहरू, रौतहट जिल्लाको प्रेस विभाग प्रमुख उमेश सराफ र साधुसन्तहरु समेतको उपस्थितिमा दुर्गा भगवती गाउँपालिका रौतहटमा पार्टी अध्यक्ष अथर्मेन्द्र महतो ज्यूको अध्यक्षतामा हजारौं हजारको बृहत उपस्थितिमा पार्टीको घोषणा भयो।