मकवानपुर जिल्लाको माथिल्लो भेग राकसीराङ्ग गाँउपालिकामा र कैलाश गाँउपाकिामा विगका वर्ष झै यस वर्ष पनि लागु औषध गाँजको खेती तथा ओसार पोसार हुँदै आएको छ । सोही प्रलोभनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट माथिल्लो भेगको चौकी थाना जानको लागि हानथाप हुने गरेको छ । त्यहाँजान जसले मोटो रकम बुझाउन्छ, उसैलाई पठाउने गरेको बुझिउको छ ।त्यसैले माथिल्लो भेगका चौकीमा जान रकम बुझाउने प्रचलन हाल पनि यथावत छ । त्यो पनि घुमुवा प्रहरीको सम्पर्कबाट तर अहिले त्यस्तो होइन रहेछ अहिले त एसपी विश्वराज खडका साहेबको निर्देशनमा तलब खुवाउने लेखापाल पालको मार्फत उठौती पठौती हुने गरेको छ । अहिले लेखापाल प्रहरी बरिष्ठ नायब निरीक्षक दमन बहादुर चन्दको सम्पर्कमा भएको प्रहरीहरुले मात्र दाम बुझाई जान पाइरहेछन पहिला गए पछि बुझाउने चलन थियो । अहिले त चौकी जानु भन्दा पहिला लेखामा सम्पर्क गरी दाम बुझाई मात्र जाने नयाँ चलन आएको छ । चौकी गएर पनि सुख कहाँ छ र गएर त्यहाँबाट रकम संकलन गरी एकमुष्ट लेखापाल दमन चन्द मार्फत एसपी साहेबलाई बुझाएर मात्र चैनसंग बस्न पाउने परिपाटी रहेको छ । त्यतीमात्र कहा हो र जिल्लामा राम्रोसंग बस्नु छ भन्ने दमन सरको कुरा मान्नु पर्छ । यस्तो परिपाटी कहिले सम्म चल्ने होला भनि पैसा बुझाउन नसक्ने कर्मचारीनै बताछन ।