कांग्रेसीहरु पैशाको बोरा बोकेर एक नम्बरमा मलाई हराउन लाग्ने छन् : झलनाथ खनाल

काठमाडौं, २८ फागुन । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका एकथरी नेताहरुको बैठक बसेर आउँदो चुनावमा एक नम्बरमा झलनाथ हराउने निणर्य गरेको बताउनुभयो ।

नेकपा एसको इलाम–काठमाडौं सम्पर्क मञ्चको भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै खनालले एमालेले पनि आफ्नो निर्वाचन क्षेत्र इलामबाटै केपी ओलीको उपस्थितिमा अभियान सञ्चालन गर्न लागेको बताउनुभयो। खनालले निर्वाचनमा कांग्रेसहरु बोरामा पैसा बोकेर आउने भन्दै अहिले कांग्रेस नेताहरुले सबै ठाउँमा जित्ने दावी गर्नुमा पनि पैसाको धाक मात्र रहेको बताउनुभयो । खनालले भन्नुभयो , ‘कांग्रेस बोरामा पैसा बोकेर जान्छ । केही कांग्रेसको धाक त्यहि हो । तर प्रधानमन्त्री एकताबद्ध भएरै जानुपर्छ भन्दै हुनुहुन्छ । कांग्रेसभित्र दुईटा धार छन्, नेतृत्वले जे निणर्य गर्छ त्यही हुन्छ । जहाँ सम्भव हुन्छ त्यहाँ मिल्ने, सम्भव नभए एक्लै जाने हाम्रो नीति हुन्छ । हारिन्छ भनेर डराउने कुरा छैन ।

अर्को चुनावमा पक्का जित्छौं, अहिले तयारी गरौं । कांग्रेसका केही नेता बसेर एक नम्बर एकमा झलनाथ खनाल हराउने भनेका छन् उहाँले भन्नुभयो । खनालले नेपालका धेरै कम्युनिष्ट पार्टीहरु कम्युनिष्टको खोल ओढेका नक्कली कम्युनिष्ट भएको बताएका छन् । कम्युनिष्टको खोल ओढेका नक्कली कम्युनिष्टहरुलाई जनताले पर्दाफास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

साभार जनता टाइम्स