रोकिएन रौतहटमा हाकिम परिवर्तनको सिलसिला ,ईशनाथको नयाँ अधिकृत रामजी जोशी

रौतहट । साउन ०६ गते
रौतहटको ईशनाथ नगरपालिकामा नयाँ हाकिम हाजिर भएका हुन् । नयाँ आर्थिक वर्ष सुरु भएलगतै ईशनाथ नगरपालिकाले नयाँ कार्यालय निमित प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीको रुपमा पाएका हो । हिजो साउन ०५ गते सोमवारका दिन हाजिर हुनु भएका जोशीलाइ नगर प्रमुख सन्तोष कुमार मेहताले भव्य स्वागत गरेका थिए । ईशनाथ नगरपालिकाको कार्यालय औरैया पुगेका हाकिम जोशीलाइ नगर प्रमुख मेहता सहित अन्य व्यतीहरुले पनि स्वागत गरेका थिए । ईशनाथ नगरपालिकाका लागि प्रमुख प्रशासकीय अधिकृत रामजी नयाँ नभइ दोस्रो पटकको आगमन रहेको छ । यस अघिका कार्यालय प्रमुख नन्दकिशोर गुप्ताको विकल्पमा राम जी आएपछि स्थानिय जनतामा कौतुहलता रहे पनि जनताको सेवामा कुनै कमिकमजोरी नहोस भनि नगरवासीले अपेक्षा राखेका छन् । रौतहटको १८ स्थानिय तहमा हाकिम परिवर्तनले गर्दा कामकाज प्रभावित हुँदै आएको छ । हाकिम परिवर्तनको सिलसिला रौतहटमा रोकिएको छैन् ।