सुरक्षाकर्मीको मिलोमतोमा ब्यापक तस्करी बढयो


रौतहट । अषाढ १ गते
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणगर्न एकातर्फ सुरक्षाकर्मी दोस्रो स्थानमा खटेका छन भने सिमा क्षेत्रका केही सुरक्षाकर्मीको मिलोमतोमा ब्यापक तस्करी भईरहेको छ ।
रौतहट र बाराका केही सिमानामा सुरक्षार्थ खटेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा नेपाली र भारतियहरुको संगठित तस्कर गीरोहले ब्यापकरुपमा तस्करी गरीरहेका छन ।
तस्करी गराएको आरोपमा नेपाल प्रहरीका एकजना असईलाई प्रदेश प्रहरीले हथकडी लगाएरै लगेका थिए भने सशस्त्र तर्फका बारा र रौतहट,पर्साकका ८ जना बिओपी ईन्चार्जलाई डिआईजीले तानेका थिए ।
बारा रौतहटको सिमानामा पर्ने बडकाबंकुल,कचोर्वा,सिम्रौनगढ, कबही, पिपरपाती,मटिअर्वा मुसहर्वा लगायतका नाका बाट हाल तस्करीको माध्यमले भारतिय सामान यता आउने र चाईनिज लगायतका सामान उताजाने गर्दछ ।
मोटरसाईकल,साईकलमा राखेर भारत बाट कपडा,चिनि,स्पेयर पार्टस
खैनी,गुटखा लगायत भारतिय सामान अबैधरुपमा प्रहरीकै मिलोमतोमा भन्सार छलेर रौतहट र बाराको बजारहरुमा भित्रि रहेको छ ।
त्यसैगरी नेपाल बाट केराउ,छोहाडा,कालोमरीच,बिभिन्न ब्राण्डको मदिरा लगायत केही चाईनिज सामान समेत नेपाल बाट तस्करीको माध्यमले भारत तर्फ गईरहेको हाम्रा सहकर्मीले जनाएका छन ।
कतै कतै तस्करहरु टाउकोमै बोकेर अबैधरुपमा बिभिन्न सामान आयात निर्यात गर्नेगरेको प्रत्यक्षदर्सीले बताएका छन ।
आर्थिक लोभमा परेर तस्करी गराएको आरोपमा मठिया प्रहरीचौकी का तत्कालिन प्रमुख गोबिन्द यादवलाई डिआईजी धिरजप्रताप सिंहको निर्देशनमा हथकडी लगाएर लगीएको थियो ।
उता सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआईजी राजु अर्यालको निर्देशनमा बोर्डर आउटपोष्ट बंकुल,बेलबिछवा,बाराको सिम्रौनगढ,पर्साका केही पोष्ट लगायत ८ वटा बिओपी ईन्चार्ज सशस्त्र प्रहरी निरिक्षकलाई बर्दिबास बाहिनीमा तानेका थिए ।
भारत पुर्वी चम्पारण घोडाशहन थानाक्षेत्र अन्तरगतका श्यामसुन्दर यादव,प्रभु यादव,विकास यादव,अरबिन्द यादव लगायत आधादर्जन तस्कर र बारा रौतहटका गुडु मिँया,ओमप्रकास यादव लगायतको संगठित गिरोहले लकडाउनको अवधिमा पनी सुरक्षाकर्मीलाई आर्थिक प्रभावमा पारेर तस्करी गराईरहेको हाम्रा बारा कहकर्मीले जानकारी दिएका छन ।
नेपाल प्रहरीका डिआईजी धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका डिआईजी राजु अर्यालको कडा निर्देशनको बावजुद सिमाक्षेत्रमा खटेका अधिकांस सुरक्षाकर्मी आर्थिक मोहमा परेर तस्करी गराई रहेका छन ।
बारा स्थित बोर्डर आउटपोष्ट गोलागंजका सशस्त्र प्रहरीका सहायक हवलदार सनोज यादवले भारतिय,नेपाली तस्कर र प्रहरी बिच सेटिंग मिलाउने गरेको सहकर्मीले बताएका छन ।