४ करोड खर्चिएर हार्डवेयरको व्यापार

हेटौंडा– हेटौंडाका एक प्रतिष्ठित व्यवसायीले थप ४ करोड लगानी गरेर हार्डवेयर पसल सञ्चालनमा ल्याएका छन् ।

हेटौंडा–४ पारिजातपथमा बिहीबारबाट श्रेयम हार्डबयरले सेवा सुरु गरेको हो । हेटौंडा उपमहानरपालिकाका मेयर हरिबहादुर महतले एक कार्यक्रमकाबीच हार्डवेयर पसलको उद्घाटन गरेका हुन् ।

उद्घाटन गर्दै मेयर महतले जनतालाई राम्रो तथा गुणस्तरीय सेवा सुविधा प्रदान गर्न सुझाव दिए । नया स्थानमा नयाँ व्यवस्थापनका साथ व्यवसाय संचालनमा ल्याइएको हार्डवेयरका सञ्चालक रबि नेपालले बताए । गुणस्तरीय र सुलव मूल्यमा हार्डवेयरका सामग्री खरिद बिक्री गरिने सञ्चालक नेपालले बताए ।