आज एकै दिन रौतहटमा ९८ जनामा कोरोना संक्रमित थपिए


आरके श्रीवास्तव
रौतहट । अषाढ १ गते
रौतहट ।सोमवार अपरान्ह सम्म रौतहटमा ९८ जना कोरोना भाईरस संक्रमित थपिएका छन ।
जिल्ला अस्पताल गौरका अनुसार यमुनामाई गाँपामा ४७जना ,ईशनाथ नपामा ३३ जना,राजदेवीमा ९जना,राजपुरमा ८ जना र फतुवा बिजयपुरमा एकजना गरी ९८ जना संक्रमित थपिएका छन ।
यसका साथै रौतहटमा कोरोना संक्रमितको संख्या कुल ८७१ पुगेको जिल्ला अस्पताल गौरले जनाएको छ ।
सोमवार सम्म रौतहटमा १०२ जना कोरोना जितेर घर फर्किसकेका छन ।