कृषी सामग्री संस्थानकै मिलोमता किसानले पाउने मलखाद्ध ब्यापारीलाई,किसान मर्कामा


रौतहट १ असार ।
रौतहट । रौतहटको चन्द्रपुर स्थित कृषी सामग्री संस्थानकै मिलोमतो
मा किसानले पाउने मलखाद्ध ब्यापारीले खरीद गरेर कालोबजारी गर्नेगरेको पाईएको छ ।
लामोसमय देखी जारीरहेको लकडाउनका कारण पिडामा रहेका किसान मलखाद्धमा भईरहेको कालोबजारीका कारण दोहरो मारमा परेका छन ।
गतबैशाख र जेठ महिनामा ठुलो परिमाणमा चन्द्रपुर संस्थानद्धारा मलखाद्ध बितरण गरीएको भएपनी किसानको सटा सरकारी अनुदानमा आएको मलखाद्ध ब्यापारीले हात पारेका हुन ।
नियमनकारी निकायले लकडाउनमा अनुगमन गर्न नसकेको कारण संस्थानका कर्मचारी र ब्यापारी बिच मिलोमतोको कारण किसानले मलाखद्ध पाउन नसकेर बढीभाउमा खरीद गर्न बाध्य भएका छन ।
कृषी सामग्री संस्थानले गत बैशाखमा २७५ मैट्किटन युरिया,२७८, ६ मैट्किटन डिएपी र २३,६५० मेट्किटन पोटाष बितरण गरेको थियो ।
त्यसैगरी गतजेठ महिनामा युरियामल ६,६०,६५० मैटिकटन, डिएपी ८,३१,९५० मैट्किटन र पोटाष १००,३०० मेट्किटन करीब एकसय २५ सहकारी मार्फत बितरण गरेको कार्यालय प्रमुख रबी केशरीले जानकारी दिएका छन ।
यत्रोठुलो परिमाणमा कृषी सामग्री संस्थान मार्फत बितरण गरीए पनी रौतहटमा गतबैशाख देखी हालसम्म मलखाद्धको त्राहीमाम रहेको छ ।
ब्यापारी स्रोतका अनुसार प्रमुख केशरी र ब्यापारीको सेटिंगमा मलखाद्ध बितरणमा अनियमितता बढेको हो । गरुडा र धरमपुर,ईशलामपुर,कटहरियाका केही ब्यापारीले १० वटा सम्म सहकारीको कागजात पेस गरेर ठुलो परिमाणमा अनुदानको मलखाद्ध खरीद गर्दछन ।
छुटमा खरीद गरेको मलखाद्ध मनपरी भाउमा बिक्री बितरण गर्ने गरेको फतुवा बिजयपुरका एकजना किसान अच्युत मैनालीले बताएका छन ।
उचिन मुनाफा सहीत प्रतिबोरा ८ सयमा पाउने युरिया मल १२ देखी १३ सय र २२ सयमा पाउने अनुदानको डिएपी मल २५सय सम्ममा ब्यापारीहरुले बेचेर कालोबजारी गरीरहेको किसान मैनालीले गुनासो गरेका छन ।
गत बैशाख देखीनै बजारमा सुपथ मुल्यमा मलखाद्ध नपाएर किसानहरु बढी भाउमा खरीदगर्न बाध्य भएको अर्का किसान कटहरिया नपा ५ का जयप्रकास यादवले बताएका छन ।
लकडाउनको मारमा परेको किसानले बढीभाउमा मलखाद्ध खरीद गर्दापनी कुनै निकायले अनुगमन नगर्दा यहाँका ब्यापारीहरु मलखाद्धका साथै बिभिन्न बिउबिजनमा पनी कालोबजारी गरीरहेका छन ।
कृषी सामग्री संस्थान चन्द्रपुरका प्रमुख रबी केसरीले आफु चन्द्रपुरमा हालैआएकाले जिल्लाको सहकारीको अवस्था बारे पुर्ण जानकारी नरहेको बताए ।
कुनैपनी ब्यापारी संग आफनो सेटिंग नरहेको र मलखाद्धमा हुनेगरेको कालोबजारी नियन्त्रण गर्ने तथा बजार अनुगमन गर्ने अधिकार स्थानिय प्रशासनको रहेको प्रमुख केशरीले प्रतिकृया दिएका छन ।
प्रशासन स्रोतका अनुसार संस्थान बाट सहकारी मार्फत प्राप्तहुने मलखाद्ध किसान सम्म पुगेकी पुगेन भनी बिश्वस्त हुन मलखाद्ध लिने किसानको नामावली र हष्ताक्षर सहीतको भर्पाइ पेस गुर्न पर्दछ।
तर रौतहटका अधिकांस सहकारी संचालकहरुले अनुदानमा आएको मलखाद्ध मनपरी भाउमा बिक्रीगर्ने र पछी मनगढन्त किसानको नाम लेखेर संस्थानमा पेस गर्दछन ।
रौतहटका सिडिओ बाशुदेव घिमिरेले जिल्लामा मलखाद्धमा कालोबजारी भईरहेको स्विकार गर्दै नियन्त्रणको पहल भईरहेको बताए ।
कृषी सामग्री संस्थान बाट अनुदानमा पाएको मलखाद्ध केही ब्यापारीले सर्लाही र बाराका बजारमा समेत बेच्नेगरेको सुचनाको आधारमा स्थानिय प्रहरीलाई निगरानी गर्न निर्देशन दिएको सिडिओ घिमिरेले जानकारी दिएका छन ।
स्थानिय प्रशासनले सहकारी संचालकले संस्थानमा पेसगरेको किसानको नामाबली अनुसार संबन्धित किसानलाई सोधबुझ गरेमा बास्तबिक्ता सामुने आउने र कालोबजारीको पर्दाफास हुने निश्चित रहेको जानकारहरुको दावी छ ।