एमालेको महासचिव पदमा शंकर पोखरेल सर्वसम्मत चयन

चितवन, १३ मंसिर । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल सर्वसम्मत चयन हुनुभएको छ ।उक्त पदका लागि पोखरेलबाहेक अरु कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित हुनुहुने भएको हो । बिहान १० बजेको समय सीमाभित्र अन्य कसैको दाबी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने पक्का भएको हो ।अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३०१ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने निश्चित भएक्को हो ।निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।साभार जनता टाइम्स