अदालतलाई धम्म्याउँदै नारा–जुलुस गर्ने दलहरुलाई न्यायाधीश हरिकृष्ण कार्कीको कठोर प्रश्न

सुर्खेत, माघ २० । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले राजनीतिक दलहरुमाथि कठोर प्रश्न गर्नुभएको छ । अदालतमा बिचाराधिन मुद्दामा जुलुस र प्रदर्शन गरेपछि न्यायाधीश कार्कीले कस्तो न्यायको अपेक्षा गरेको ? भन्दै दलहरुलाई प्रश्न गर्नुभएको हो ।

अदालतमा विचाराधीन मुद्धाको फैसला आफनो पक्षमा हुनुपर्ने भन्दै नेकपाबाट अलग हुनुभएका पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल समुहले दैनिक रुपमा प्रदर्शन गरिरहेको छ । सो समुहले चुनाव भए आफूहरु पत्तासाफ हुने ठहरका साथ जसरी पनि संसद पुनःस्थापना हुनुपर्ने भन्दै ुपर्नेन जिकै माइतिघर मण्डलामा हामी यहाँ छौं भनेर अदालतलाई धम्की दिइरहेको छ । राजनीतिक दल र तीनका कार्यकर्ताले जुलुस र प्रदर्शन गरेर दबाव सृजना गरेको न्यायाधीश कार्कीको भनाई छ ।

‘तपाईंहरु आफैं भन्नुस, न्यायधीशले फैसला गर्न सक्ला कि नसक्ला ?’ न्यायाधीश कार्कीले दलहरुसँग प्रश्न गर्नुभयो, ‘न्यायाधीशले अदालत बाहिरको जुलुस हेर्ने कि कानुन ? हो यस्तै कुराले न्यायलाई प्रभावित गर्छ । यसलाई कसरी न्यूनिकरण गर्ने भन्ने विषय नै चुनौतीको विषय बनेको छ ।’

जुलुस र प्रदर्शनले न्याय नदिने भन्दै न्यायाधीश कार्कीले प्रमाण, कानुन र मिसिल हेरेर न्याय दिइने बताउनु भयो । जुलुसले न्यायाधीशहरुमा त्रासको वातावरण सिर्जना भएको पनि उहाँको भनाई छ ।
उहाँले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले आफूले त्यसबारे बोल्न नमिल्ने बताउनु भयो । ‘अदालत संविधानको व्याख्याता हो, सबै कुरा संविधानमै उल्लेख छ । सोही अनुसार नै फैसला हुन्छ,’ कार्कीले भन्नुभयो ।साभार जनता टाइम्स