पिकअप भ्यानको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

आर्दशवाणी संवाददाता । बारा, ४ मंसिर । वीरगंज पथलैया सडक खण्डमा पिकअप भ्यानको ठक्करबाट बुधवार एक जनाको मृत्यु भएको छ । वीरगंजबाट पथलैया तर्फ गई रहेको ना ५ च ७१५ नम्बरको पिकअप भ्यानले ज्योती स्पीनिङ्ग नजिकै विपरित दिशाबाट आई रहेको ना १ प ४६८९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको घटना स्थलमै मृत्यु भएको हो । मृतकको सनाखत हुन नसकेको र पोष्टमार्टको लागि शव नारायणी अस्पताल वीरगंजमा राखिएको बारा प्रहरीले जनाएको छ । ठक्कर दिने पिकअप भ्यान प्रहरीको नियन्त्रणमा रहेको र फरार चालकको खोजी भइरेको बारा प्रहरीले जनाएको छ ।