बारामा उद्योगबाट निस्किएको खरानीका कारण स्थानियहरुको आँखा धमिलो हुने

बारा । असोज
बारामा उद्योगबाट निस्किएको प्रदुषणका कारण मानिसमा स्वास्थ्य समस्या हुन थालेको छ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुरमा रहेको शिवशक्ति घ्यु उद्योगबाट निस्किएको प्रदुषणले विभिन्न खाले स्वास्थ्य समस्या भईरहेका स्थानियले बताएका छन् । उद्योगबाट निस्किएको खरानीका कारण स्थानिय मानिसहरुमा आँखा धमिलो हुने, श्वास प्रस्वासमा कठिनाई , निमोनिया जस्ता समस्या भईरहेको स्थानिय फुलमति देवीले बताईन् ।
उद्योगले प्रदुषण ब्यवस्थापन नगर्दा स्थानिय एकसय परिवार प्रदुषण भोग्न बाध्य हुनु परेको उनले बतार्ईन् । उधोगबाट निस्कने खरानी उधोगले आफ्नै उद्योग पछाडिपटी फाल्ने गरेको छ । सानो हावाहुरी आउँदा समेत खरानी उडेर मानिसहरुका घर भात भान्सामा पुग्दै आएको अर्का स्थानिय जागा रामले बताएका छन । उद्योगको खरानीका कारण घरमा राखिएको अन्नपात उभोग गर्न, लत्ताकपडा प्रयोग गर्दै गारो हुने गरेको छ । उद्योगबाट निस्कने र्दुगन्धले बसि साध्य हुँदैन । आँखामा खरानी परेका कारण दर्जनौंको आँखा चिलाउने,पोल्ने,धमिलो हुने जस्ता समस्या भईरहेको पिडित राजु रामले बताएका छन ।उद्योगबाट पिडित बनेपछी जिल्ला प्रशासन कार्यालयमा समस्या समाधान गरिदिन लिखित आग्रह गर्दा सुनुवाई नभएको फुलमति देबीले गुनासो पोखिन् । फैहोरमैला ब्यवस्थापन ऐन २०६८ को दफ ४९२० को उपदफा १ अनुसार औधोगिक फौहोरमैलाको ब्यवस्थापन गर्ने दायित्व उद्योगको रहेको छ । तर निर्धारित मापदण्डको बिपरित हुने गरि उद्योगले खरानी लगायत प्रदुषित सामाग्रीको उचित ब्यवस्थापन नगर्द स्थानिय समस्यामा परेका वडा अध्यक्ष मोहित चौधरीले बताएका छन । उद्योगलाई फोहर मैला ब्यवस्थापन गर्न लिखित रुपमा परिपत्र गर्दा समेत अटेर गरेको उनको भनाई छ ।