मेयरको सट्टा एसईई परीक्षा दिने नक्कलि परीक्षार्थी पक्राउ

रौतहट १९ चैत।
रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टा एसईई परीक्षा दिइरहेका एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन। पक्राउ पर्नेमा गरुडा नगरपालिका ६ पोठीयाहिका
कमल साह कानु रहेको प्रहरिले जनाइएको छ। मौलापुर नगरपालिका अन्तर्गत लक्षमिनिया मावि परीक्षा केन्द्रमा मेयर कानुकाे सट्टामा एसईई परीक्षा दिइरहेका कमल साह लाई अनुगमन टोलीले पक्राउ गरेको हो। शंका लागेर चेकजाँच गर्दा उनको सिमबोल नम्बर ३५०३७२८ को प्रेमलाल साह कानु नामको परिचयपत्र समेत टोलीले बरामद गरेको छ। पक्राउ परेका उनी पेसाले ईञ्जिनियर तथा मेयर प्रेमलाल साहको ज्वाइँ रहेको बुझिएको छ। रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय सहितको अनुगमन टोलीले नक्कली परीक्षार्थी कमल साह पक्राउ गरेको पुष्टी गरेका छन। उन लाई प्रहरीले जिल्ला प्रहरी कार्यालय ल्याइरहेको छ । परीक्षा नियमावली अनुसार कारवाही हुने एसपी बुढामगरले बताए।