सुचनाको हक सम्बन्धी अधिकार प्रयोग गरी कटहरिया खानेपानीमा निवेदन दर्ता

रौतहट । भदौ २२ गते
कटहरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय कटहरियामा उपभोक्ताहरुले सुचनाको हक अन्तर्गत आज एक निवेदन दर्ता गराएका छन् ।
कटहरिया नगरपालिका ५ कटहरियाका शंकर दासको नेतृत्वमा गएका उपभोक्ताहरुको टोली ३ बुंदे माग राखी कटहरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयमा निवेदन दर्ता गराएका छन् ।
आम उपभोक्तालाई अध्ययन प्रयोजन गर्नको लागि कार्यालयका विभिन्न सुचनाहरु नेपालको संविधान २०७२ को धारा २७ तथा प्रत्येक नागरिकको सुचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ७ को उपदफा २ अनुसार उपलब्ध गराइदिन माग गर्दै निवेदन दर्ता गराएको निवेदक शंकर साहले बताएका छन् ।
साहले निवेदन मार्फत कटहरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय स्थापना भएदेखी हालसम्म विभिन्न मितिमा गठन भएको व्यवस्थापन समितिहरुको नामावलीको प्रमाणित प्रतिलिपि, कहिले देखी खानेपानीको महसुल बुझाउनुपर्ने छ सोको दर रेटको प्रमाणित प्रतिलिपि र संस्थाले वितरण गरेको खानेपानीको गुणस्तर जाँचको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन कार्यालयसँग माँग गरेका छन ।
यी सुचनाहरु उपलबध गराउन आफुहरुले कार्यालय र शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहलाई पटक पटक मौखिक रुपमा ताकेता गर्दा पनि अटेरी गरेपछि बाध्य भएर आज लिखित रुपमा नै सुचनाको हक अन्तर्गत निवेदन दिनु परेको साहले बताए ।
त्यस्तै कटहरियाकै अर्का उपभोक्ता राजाबाबु साहले कटहरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले आफना मनोमानी तरिकाले खानेपानीको शुल्क निर्धारण गरेको बताएका छन ।
अध्यक्ष साहले कुनै उपभोक्तासँग कुनै राय सल्लाह नै नगरी आफना मनोपोली ढंगले उपभोक्ताले खानेपानी उपभोग गरेवापत प्रतिमहिना २४० रुपैया महशुल बुझाउनु पर्ने भनी चर्को शुल्क निर्धारण गरेको उनले बताए ।
समितिको चर्को शुल्कले आम उपभोक्ता मारमा परेको भन्दै यस शुल्कलाई परिमार्जन गरी धेरै भन्दा धेरै न्युन्तम शुल्क निर्धारण गर्न राजाबाबु साहले समितिसँग माग गरेका छन ।
खानेपानी समितिका अध्यक्ष योगेन्द्र साहले प्रति महिना २४० रुपैया खानेपानीको शुल्क तोकेपनि ५ महिनाको प्रति महिना एक सयको दरले नै शुल्क उठाएका छन ।
राजाबाबु साहले पत्रकार सँग भने समितिले जब २४० रुपैया शुल्क लिने निर्णय गरेको हो भने प्रति महिना एक सयको दरले मात्रै किन शुल्क लिएको हो यसले प्रष्ट हुन्छ कि अध्यक्ष साहले यस कार्यालयलाई मौखिक निर्णयले नै आफना मनोपोली ढंगले चलाइरहेका छन । साहले आफुहरु खानेपानीको कर्मचारीहरु लाइ कुनै किसिमको दुर्वव्यवहार नगरेको प्रष्ट पारे यदि गरेको हो भने प्रमाणित गरेर देखाउन चुनौती समेत दिए । उपभोक्ताको सवालमा कुनै घरमा एक जना नाउँमा मिटर छ भने त्यस परिवारको व्यती खानेपानीको उपभोक्ता हो कि होइन या सबैको नाउँमा मिटर जडान गर्नु पर्छ भन्दै प्रश्न समेत गरे ।
उपभोक्ताले तिर्नुपर्ने शुल्क परिमार्जन नभए र सुचनाको हक सम्बन्धी अधिकार प्रयोग गरी निवेदन पत्रमा उल्लेख गरेको सुचनाहरु यथासिघ्र उपलब्ध नगराए कटहरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रने उपधोक्ताहरुले चेतावनी दिएका छन । भोली सो निवेदनको प्रतिलिपी जिल्ला प्रशासन कार्यालय रौतहटमा सिडियो समक्ष पेश गरिने उनले बताए ।