रौतहटमा प्रहरी उपरीक्षक सिद्धिबिक्रम शाहलाई स्वागत

रौतहट । भदौ २१ गते
रौतहटमा पछिल्लो समय विभिन्न हत्याजस्ता जघन्य अपराधका घटनाहरु बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक रविराज खड्का काठमाडौ तानिएका थिए । त्यस पछि नया प्रहरी उपरिक्षक सिद्धि बिक्रम साह काज सरुवा हुनु भएको थियो । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको गत भाद्र १८ गतेको काज सरुवा पत्रले प्रहरी प्रधान कार्यालय कार्य एंव अपराध अनुसन्धान विभाग लागु औषध शाखा, नक्साल, काठमाण्डौबाट रौतहट जिल्ला प्रहरी कार्यालय रौतहटमा काज सरुवा हुनु भएका प्रहरी उपरीक्षक सिद्धि बिक्रम शाह आइतबार आज हाजिर हुनु भएको छ । वहाँ आज जिल्ला प्रहरी कार्याल रौतहटमा हाजिर हुनु भएपछि भब्य स्वागत गरिएको छ । रौतहटका विभिन्न क्षेत्रका बुद्धिजिवि तथा नागरिक अगुवाहरुले समेत शाहलाई स्वागत गरेका थिए । पछिल्लो समय रौतहटमा विभिन्न किसिमका अपराधिक घटनाहरु घटेका छन सबैको सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारवाही हुनेमा रौतहटबासीले अपेक्षा समेत गरेका छन ।