ब्युटीपार्लर तथा कोल्डस्टोर गौरमा यौनधन्दा, प्रहरी द्वारा छापामारी ३ जना पक्राउ

सञ्जय मिश्रा

रौतहट २४ चैत। रौतहटको सदरमुकाम गौरमा एउटा ब्युटी पार्लर तथा कोल्डस्टोरको आडमा यौनधन्दा सञ्चालन गरेको सुचनाको आधारमा प्रहरीले छापामारी दुई महिला सहित ३ जनालाई पक्राउ गरेको छ। गौर नगरपालिका १ गुदरी बाजार जाने बाटोमा सञ्चालनमा रहेको साहीबा ब्युटिपार्लर तथा कोल्डस्टोर मा शुक्रवार दिउसो प्रहरिले छापामारी गरेको हो। छापा मारेर यौन धन्धामा संलग्न एकजना यौनकर्मी महिला,राजपुर नगरपालिका १ घर भएका एकजना पुरुष ग्राहक र ब्यूटी पार्लर तथा कोल्डस्टोर सञ्चालिका महिलालाई प्रहरिले नियन्त्रणमा लिएको छ। पार्लरको दुई वटा कोठामा रहेको बेडमा प्रयोग नभएको कण्डम तथा डसपिनमा प्रयोग गरिएका कण्डमहरु समेत बरामद भएको प्रहरीले जनाएको छ । रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले समाजमा नराम्रो असर पर्ने गतिबिधि गर्ने तीनैजना माथी मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाइएको तथा थपअनुसन्धान भइरहेको जानकारी दिएका छन।