नेता बदुरूदीन अरमान गुजराका मेयर चौधरीले उप मेयरको अधिकार खोसेको आरोप

रौतहट । भदौ १२ गते
जनता समाजवादी पार्टीका नेता बदुरूदीन अरमान भाइले गुजरा नगरपालिकाकी उपप्रमुख रौशन खातुनको जनतामा बढदो लोकप्रियता हेरेर नगर प्रमुख सन्तलाल चौधरी हतोसाहित भएको बताएका छन । नेता बदुरूदीन अरमान भाईले गुजरा नगरपालिकाका मेयर चौधरीले उप मेयर खातुनको अधिकार खोसेको आरोप लगाएका छन । जनतामा उपमेयरको लोकप्रियता बढेको छ त्यसैले उहाँको लोकप्रियता सहन गर्न नसकी मेयरले उपमेयरलाई अधिकार विहिन बनाएको उनको आरोप छ । उपप्रमुख खातुन नेता अरमान भाइको श्रीमति समेत रहेकी छिन । आफनै निवासमा आज पत्रकारहरुसँग कुराकानी गर्दै जनता समाजवादी पार्टीका प्रभावशाली नेता बदरूदीनले मेयर सन्तलाल चौधरी आफना श्रीमति खातुनलाई अधिकारबाट बञ्चित गरी एकलौटी रुपमा नगरपालिका चलाइरहेको बताएका छन । नगर प्रमुख चौधरीले कोरोना तथा राहतको नाममा भएको खर्च, दुई आर्थिक वर्ष २०७५, ७६ मा भएका सम्पुर्ण खर्चको विवरण, आर्थिक वर्ष २०७६, ७७ मा प्रदेश सरकारबाट प्राप्त अनुदानको खर्च, २०७५, ७६ एवं ७६, ७७ को राजस्वको आम्दानी र खर्चको विवरण तथा गाडी भाडामा भएको खर्चहरुको विवरण उपप्रमुख खातुनलाई नदिएको उनले बताएका छन । नगरपालिकामा भएको तिन वटा गाडी मध्ये मेयरले एउटा गाडी भाडामा लगाएको र २ वटा गाडी कर्मचारीलाई चढन दिएपनि उपमेयरलाई चढन गाडी समेत नदिएको उनले बताए । नगरपालिकाबाट गाडी नपाएका कारण उपमेयर खातुनले कहिले मोटरसाइकल त कहिले टेम्पु चढेर नगरपालिका पुग्ने गरेको उनले बताए । मेयर र हाकिमको मनोमानीका कारण उपमेयरलाई नगरपालिकामा काम गर्ने वातावरण समेत नरहेको उनको भनाई छ । मेयर चौधरीले कहिल्यै पनि बैठकमा नबोलाउने गरेको र बैठकको निर्णय समेत नसुनाइ उपमेयरसँग हस्ताक्षर मात्र गराउने गरेको उनको भनाई छ । विकास निर्माणका काम अथवा कुनै पनि काम गर्दा मेयर चौधरीले उपमेयरलार्ई कुनै वास्ता नगरी आफना मनोमानी तरिकाले गरिरहेको उनले बताए । मेयरले काम गर्न नदिएकाले उपमेयरले पाएको अधिकार समेत प्रयोग हुन नसकेको, महिला भनेर नै हेप्ने गरेको र बाइपास गरेको अरमानले गुनासो गरेका छन् । जनताले मेयर उपमेयर दुवैलाई मत दिएर जिताए पनि मेयरले विकासको काममा आफुलाइ पछाडी पारेको उनले गुनासो गरिन् । मेयरले आफुलाई महिला भएकाले भेदभाव गर्दै आएको आरोप पनि लगाइन् । मेयरको मनोमानीकै कारण कर्मचारीले समेत आफुलाई टेर्न छाडेकोले बाध्य भएर जिल्ला प्रशासन कार्यालयसँग न्याय माग्नु परेको उनले बताईन ।