रौतहट काँग्रेसले बुझायो सिडियो लाइ ज्ञापन पत्र

रौतहट । साउन १९ गते
रौतहट जिल्लाको ग्रामिण क्षेत्रका जनताहरुलाइ सहज हुनको लागी नेपाली काँग्रेस रौतहटले सहज हुने स्थानमा नै आवश्यक सरकारी सेवा केन्द्रहरु स्थापनाको माग गर्दै जिल्ला प्रशासन कार्यालय गौरमा ज्ञापन पत्र बुझाइएको छ । रौतहटका गुजरा , कटहरिया , फतुवा विजयपुर लगायतका स्थानिय तहका जनताहरुलाई मालपोत , बिद्युत , नापी , प्रशासन लगायतका सेवा केन्द्र सोही स्थानमा नै स्थापना गर्नु पर्ने नेपाली काँग्रेस रौतहटले माग गरेको हो । पहिलो चरणमा ज्ञापन पत्र मात्र बुझाइएको हो यदि सुनुवाइ नभएमा कडा आन्दोलन गर्ने समेत काग्रेसले चेतावनी दिएको हो । आइतबार सेवा केन्द्र स्थापनाको मागसहित नेपाली कांग्रेस क्षेत्र ३ का सभापति राम भरोस यादव , जिल्ला समन्वय समितिका अध्यक्ष राम एकवाल राय यादव , क्षेत्र नम्बर ३ का उपसभापति प्रकाश श्रेष्ठ , नेका जिल्ला कार्य समितिका सदस्य वालमीकि यादव , क्षेत्र नं २(ख) प्रत्याई विधायक रामचन्द्र गिरी, गरुडा न पा प्रत्यासी मेयर सुनिल कुमार यादव , कटहरीया नगर सभापति सार्फलाल प्रसाद गुप्ता , मेयर, गोपाल प्रसाद यादव , ज्ञानेन्द्र यादव,स्वकिय सचिव गनिलाल यादव लगायतका टोलीले जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख वासुदेव घिमिरेलाई सेवा केन्द्र स्थापनाको लागि ज्ञापनपत्र बुझाउन पुगेका थिए । आजै फतुवा विजयपुर नगरपालिकाको तर्फबाट पनि ज्ञापन पत्र पेश गरिएको जनाइएको छ ।