अब बस्तीपुरमै कानुन पढाई हुने

हेटौंडा–१९ बस्तीपुरस्थित निर्मल माविले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा कानून बिषयको अध्यापन सुरु गर्ने भएको छ ।

शिक्षा, मानबिकी, व्यवस्थापन बिषयमा अध्यापन हुँदै आएको निर्मल माविमा यो बर्षदेखि कानूनको बिषय थपिएको हो । निर्मल मावि तथा निर्मल बहुमुखी क्याम्पसमा अध्यापन गर्ने व्यवस्था भएपछि स्थानीयले ग्रामीण क्षेत्रमै शिक्षाको अवसर पाएका हुन् ।

चालु बर्ष कानूनमा ४० जना विद्यार्थी भर्ना लिईने माविका प्राचार्य प्रबोध बिडारीले जानकारी दिए । साउन २ गतेबाटै कक्षा सञ्चालन गर्ने तयारी भएको प्राचार्य बिडारीले बताए । ग्रामीण क्षेत्रमै कानून बिषय अध्यापन हुने भएपछि स्थानीय विद्यार्थी खुशी भएका छन् । कानून विषयमा ख्यातिप्राप्त वकीलका साथमा स्थानीय शिक्षक राममणि बर्ताैला, बसन्त सिटौलालगायतले प्राध्यापन गर्नेछन् ।