आफु कोरोनामा एक रुपैया पनि हिनामिना नगरेको सह संयोजक पटेलको भनाई


रौतहट । भदौ १२ गते
रौतहटको फतुवा विजयपुर नगरपालिकामा क्वारेन्टाइन सञ्चालन र व्यवस्थापनमा करोडौ रकम खर्च भएको छ । नगरपालिकामा क्वारेन्टाइन सञ्चालन र व्यवस्थापन गरेको भन्दै पाँच जनाको नाममा एक करोड भन्दा बढी रकम निकासा भएको छ । फतुवा विजयपुर नगरपालिकाका स्वास्थ्य सह संयोजक प्रभु पटेल सहित चार जनाले क्वारेन्टाइन सञ्चालन र व्यवस्थापन गरेको भन्दै एक करोड भन्दा बढी रकम निकासा गरेका छन । त्यसमध्येका एक स्वास्थ्य सह संयोजक प्रभु पटेलले आफुले कोरोनामा गरेको खर्चको विवरण बताएपनि अरु चार जनाले अझै बताउन सकेका छैनन । स्वास्थ्य सह संयोजक पटेलले आफुले कोरोनामा एक रुपैया पनि हिनामिना नगरी पारदर्शी रुपमा रकम खर्च गरेको बताएका छन । पटेलले क्वारेन्टाइन सञ्चालन र व्यवस्थापनको नाममा नगरपालिकाबाट २४ लाख रुपैया बुझेका छन । क्वारेन्टाइन व्यवस्थापन गर्दा आफु एक रुपैया पनि भ्रष्टाचार नगरेको स्वास्थ्य सह संयोजक पटेलको दावी छ । आफु शीर्षक बाई शीर्षक रकम खर्च गरी एक रुपैया पनि हिनामिना नगरेको भएपनि केहि व्यक्तिले आफना निजी स्वार्थपुर्ति गर्न आफना बारेमा कपोकल्पित, भ्रामक एवं झुठा खबर मिडियाबाट प्रशारण गराएको उनले बताएका छन । आफना काम हेरेर हतोसाहित भएका केहि विरोधी तत्वले आफुलाई बदनाम गर्ने नियतले आफना बारेमा एक मिडियाबाट गलत समाचार समप्रेसन गराएको स्वास्थ्य सह संयोजक पटेलले दुखेसो गरेका हुन । विरोधी तत्वले आफुलाई बदनाम गर्न आफुले गरेको कामलाई समाचारमा नसमेटिकन मात्रै कोरोनाको नाममा लाखौ रकम निकासा गरेको भनी आरोप लगाएको उनले बताए । नगरबाट निकासा गरिएको रकमबाट नगरपालिकाका ११ वटै वडामा कोरोना भाइरसको व्यापक प्रचार प्रसार गर्नुका साथै नगरपालिकाभित्र लामखुटे धपाउन औषधी छर्ने लगाएतका कामहरु गरेको पटेलले बताए । पर्चा पम्पलेट, क्वारेन्टाइनमा बस्नेहरुको खाना, नास्ता, चिया, पानी, स्वास्थ्यकर्मीहरुको पिपिई, एन ९५ मास्क, स्यानिटाइजर, साबुन, थर्मलगन सहितका मेडिकल सामग्रि खरिद लगाएतका काममा उक्त २४ लाख रुपैया खर्च गरेको पटेलको दावी छ । शुरु शुरुमा कोरोना फैल्दा शंकास्पद व्यक्तिलाई राख्नको लागि नगरभरीको गरी वडा नं ११ स्थित दुधिअवा उच्च माविमा एक मात्रै क्वारेन्टाइन सञ्चालन भएको थियो भने उक्त क्वारेन्टाइनको हेरचाह गर्ने देखी लिएर सम्पुर्ण जिम्मेवारी स्वास्थ्य सह संयोजक पटेललाई नै दिइएको थियो । शुरु शुरुमा कोरोनटाइनमा बस्नेहरुको संख्या पनि अधिक रहेको कारणले पनि यति रकम खर्च भएको उनको भनाई छ । सभार संघिय अनलाइन