चोरी मुद्दाका फरार प्रतिवादीलाइ चन्द्रपुर प्रहरीले गर्यो पक्राउ


रौतहट । साउन १५ गते
चोरी मुद्दामा फरार प्रतिवादीलाइ चन्द्रपुर प्रहरीले पक्राउ गरेको हो । चोरी मुद्दामा सम्मानित रौतहट जिल्ला अदालत गौरबाट १० दिन कैद सजाय भई फरार रहेका प्रतिवादीलाइ पक्राउ गरिएको इप्रका चन्द्रपुरले जनाएको हो । जिल्ला रौतहट चन्द्रपुर न.पा. वडा नं.८ सन्तपुर बस्ने ध्रुप नारायण दास चौधरीलाई हिजो १ बजेको समयमा पक्राउ गरिएको प्रहरीले जनाएको हो । इप्रका चन्द्रपुर बाट खटिएको प्रहरीटोलीले सोहि गाउँटोलमा फेला पारि पक्राउ गरेको हुँदा निजलाई फैसला कार्यन्वयन लागी सम्मानित रौतहट जिल्ला अदालत समक्ष पेश गरिएको इप्रका चन्द्रपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी गराउनु भएको हो ।