करेन्ट लागेर महिलासहित दुई साँढेको मृत्यु

रौतहट १५ साउन । रौतहटको सदरमुकाम गौरमा करेन्ट लागेर महिलासहित दुई साढेको मृत्यु भएको छ । गौर स्थित कबिर चोकमा बिहिबार बिहान बाटोमा करेन्ट प्रवाहसहितको बिद्युतको तारबाट करेन्ट लागेर एक महिलासहित दुई साँढेको मृत्यु भएको हो । बिहिबार बिहान परेको पानीमा कबिर चोक नजिकै बिद्युतको पोल ढलेका थिए । सोही बाटो भएर जादै गरेको तारमा साँढे छोएपछि करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो । यसैगरी नजिकै रहेका अर्को साँढे पनि सो ठाउँमा पुग्दा उसलाई पनि करेन्ट लागेको रौतहट प्रहरीले जनाएको छ । यसैगरी बजारमा समान खरिदगर्न गएकी गौर नगरपालिका वडा नम्बर–४ की ७० वर्षीय शान्ति देवीपनि सोही ठाउँमा करेन्ट लागेर गम्भिर घाईते भएको थियो । उनको गौर अस्पतालमा उपचारको क्रममा आजै मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।