बारामा बालविवाह नगराउने सामुहिक प्रतिवद्धता

बारा, २३ मंसिर बारा जिल्लामा रहेका पंडित, मुस्लिम धर्मगुरु मोलवी, लामाहरुले बालविवाह नगराउने सामुहिक प्रतिवद्धता ब्यतm गरेका छन् । जिल्ला प्रहरी कार्यालय, महिला, बालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको आयोजनामा सोमवार कलैयामा आयोजित लैगिङ हिंसा बालविवाह, बहुविवाह, दाईजो प्रथा, बोक्सी प्रथा र जातिय छुवाछुत बिरोध प्रशिक्षण तथा सचेतना मुलुक कार्यक्रममा उनीहरुले सो प्रतिवद्धता जनाएका थिए । जिल्लामा हुने गरेको बालविवाहलाई न्यूनीकरण गर्दै निर्मुल पार्ने प्रहरीको अभियानलाई सार्थक तुल्याउन र समाजमा राम्रो संन्देश पुगाउनमा समेत पहल गर्ने काममा अव देखी सक्रिय भई लाग्ने मौलना हसा मेदिनले बताउनुभयो । बालविवाहका कारण ज्यान गुमाउनु परेको घटनाहरु मात्र होईन्,जातिय छुवाछुत, दाईजो प्रथा बोक्सी आरोप, बहुविवाह जस्ता घटनाहरु तराई मधेसको जिल्लाहरुमा हुने गरेको हुदा यी सबै कुराहरुलाई निर्मुल पार्नेका लागि समाजमा आफुले जनचेतना जगाउने काम गर्ने फुलवरियाका पंडित रमेश पाण्डेयले प्रतिवद्धता गर्नुभयो । विभिन्न प्रलोभनमा पारी समाजमा रहेको छोरी बेटीहरुलाई भारतमा लगी बेच्ने गरेको र कम उमेरमा बिवाह अभिभावकहरुले नै गर्ने गरेकाले अव सबै भन्दा पहिलो सजग र सचेत युवतीका अभिभावकहरुलाई गराउने काममा सक्रिय हुने पथलैयाका बौद्ध धर्मका गुरु रमेश लामाले प्रतिवद्धता गर्नुभएको थियो । बाराका प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणि पोखरेल, प्रहरी उपरीक्षक विकास खनाल, प्रहरी नायव उपरिक्षक रंजितसिंह राठौर लगायतले मन्तव्य व्यक्त गर्नु भएको सो कार्यक्रममा जिल्ला भरीबाट करिब ४० जना भन्दा बढी पंडित, मौलना, लामाहरुको सहभागिता रहेको थियो ।