वीरगंजको सडकलाई २५–२५ मिटर फराकिलो गर्नु पर्ने यूवाहरुको माग

पर्सा, २३ मंसिर । वीरगंजको मुख्य सडकलाई २५÷२५ मिटर फराकिलो गर्नु पर्ने माग सहित सोमवार वीरगंज बिकास युवा संघर्ष समितीले विरोध प्रदर्शन गरेको छ । समितीका अध्यक्ष अकलेश साहको नेतृत्वमा वीरगंज घण्टाघरबाट शुरु भएको ¥याली वीरगंज महानगरपालिकाको कार्यलयमा पुगी धर्नामा परिणत भएको थियो । प्रदर्शनको क्रममा वीरगंज महानगरपालिकाको मुख्य गेटमा केहिबेर तनाव समेत भएको थियो । समितीले गरेको प्रर्दशन बिरुद्ध महानगरपालिकाको कार्यालय परिसरबाट वीरगंज बचाउ संर्घष समितीका एक जनाले गाली गलौज गर्न लागेपछि दोहोरो झडप भएको थियो । गाली गलौज गर्नेलाई प्रहरीले पक्राउ गरेपछि स्थिति सामान्य भएको थियो । प्रर्दशनकारीहरुले बीरगंज महानगरपालिकाका नगर प्रमुख बिजय सरावगीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहे पनि नगरप्रमुखले समय नदिएपछि थप आक्रोशित हुदै प्रदर्शनकारीहरुले नगरप्रमुख बिरुद्ध चर्को नारावाजी गर्दै राजिनामाको माँग समेत गरेका थिए । वीरगंजको मुख्य सडक २५÷२५ मिटर तोडने विषयमा सर्वोच्च अदालतमा मुद्दा परेपछि ५ पटक म्याद थप हुँदा समेत फैसला हुन नसकेको भन्दै प्रदर्शनकारी आक्रोशित भएका थिए । प्रदर्शनमा संर्घष समितीका महमुद अंसारी,रंजित चौरसिया, बिवेक साह,संदिप साह, रोमी साह, मुना मियाँ तेली,राकेश पटेल,धर्मेन्द्र पटेल, सदाम हुसेन, कलिम अंसारी, कलाम शेख रसमुदिन मंसुरी,दिपेन्द्र साह,दिनेश कुमार यादवशुभनारायण ठाकुर लगायतको सहभागिता रहेको थियो । प्रदर्शनको क्रममा युवाहरुले २०३१ साल मा राजपत्रमा प्रकाशित भएको निर्णय कार्यान्वयन गर, महानगरपालिकाले बोर्डबाट १५÷१५ मिटर फराकिलो बनाउने निर्णय खारेज गर, विकास विरोधी होसियार, दलाल मुर्दावाद, आर्थिक चलखेल गरी विकास रोक्न पाईदैन लगायतका नारा लगाएका थिए ।