कोरोना भाइरस फैलने जोखिम, नपाले ध्यान दिन जरुरी

रौतहट । भदौ २२ गते
रौतहटको कटहरीयामा सञ्चालित क्वारेन्टाइन बाट समुदायस्तरमा कोरोना भाइरस फैलने जोखिम बढेको छ । कटहरीया स्थित श्री जनता माध्यमिक विद्यालय मा सञ्चालित क्वारेन्टाइन तथा आइसोलेसन बाट समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलने जोखिम बढेको देखिएको छ ।
कोरोना संक्रमित भई उपचारको लागि कटहरीयाको आईसोलेशनमा भर्ना भएका व्यक्तिसँग उनको घर परिवारका सदस्यहरूले खुलेआम रूपमा भेटघाट गर्न थालेकाले गाउँघरमा समेत कोरोना फैलने जोखिम बढेको हो ।
आज मात्रै आईसोलेशन मा उपचाररत कटहरीया कै एकजना कोरोना संक्रमित पुरुष संग उनकै घरको एक महिलाले भेटेको देखिएको छ ।
महिलाले कोरोना संक्रमित पुरुष संग प्रत्यक्ष भेटेर बाहिर निस्किँदा पत्रकारहरुले देखेका थिए ।
संक्रमित संग भेटेर उक्त महिला आफ्ना घर तिर गएकोले समुदायस्तरमा कोरोना फैलने सम्भावना बढेको देखिन्छ ।
आईसोलेसन जस्तो अति संवेदनशील ठाउँमा यस्तो गम्भीर लापरवाही हुँदा समेत सम्बन्धित निकायको यस तर्फ कुनै ध्यान नै नगएको देखिएको छ ।
सम्बन्धित निकायको रूपमा रहेको कटहरीया नगरपालिकाको गैरजिम्मेवारी र लापरवाहीका कारण आईसोलेशनमा संक्रमितहरुको आफन्तहरू खुलेयाम रूपमा भेटघाट गरिरहेकाले यसतर्फ कटहरीया नगरपालिकाको ध्यान जानु अति जरुरी रहेको देखिएको छ ।