बारामा वडा अध्यक्ष दास आफैले रक्तदान गरि कार्यक्रमको सुभारम्भ गरे

रौतहट । भदौ २२ गते
बाराको फेटा गाउँपालिका वडा नं १ मा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिश्वमा महामारी को रुपमा फैलिएको कोरोनाका कारण विगत पाँच महिनादेखि लागेको लकडाउनको कारण वीरगञ्ज स्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ । रगत सङ्कलनका लागि सबैभन्दा महत्वपूर्ण माध्यम मानिने रक्तदान कार्यक्रमहरु हुन नसकेपछि रगतको आभाव भएको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएको छ । सोहि आभावलाई मध्यनगर गर्दै बाराको फेटा गाउँपालिकाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रमको प्रमुख अतिथी फेटा गाउँपालिका वडा न १ का वडा अध्यक्ष जयप्रकाश दास को रहेको थियो । दासले आफैले रक्तदान गरि कार्यक्रम को सुभारम्भ गरेका थिए । उक्त रक्तदान कार्यक्रम मा १ अपाङ्ग ,२ महिला सहित ५० जनाले रक्त गरेका थिए । रक्तसंचार केन्द्र वीरगंजको प्रतिनिधि धिरेद्र झा को नेतृत्वमा आएको टोलिले रक्त संकलन गरेको थियोे । उक्त रक्तदान कार्यक्रममा वडा सदस्य बोहा यादव,वडा सचीव प्रदिप पासवानको उपस्थिती रहेको थियो ।