सेवाग्राही र कर्मचारीलाई मापदण्ड पूरा गरि भदौ २३ देखि पचरौता नगरको सेवा प्रवाह

रौतहट । भदौ २२ गते
बाराको पचरौता नगरपालिकाद्वारा दिईने सबै सेवा भदौ २३ गते बाट सञ्चालन हुने भएको छ । पचरौता नगरपालिकाको सभाहलमा आज बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार भदौ २३ गते देखि पचरौता नगर कार्यपालिकाको कार्यालय लगायत मातहतका वडा कार्यालयबाट सञ्चालन हुने सम्पुर्ण काम कारबाहीहरु सञ्चालन हुने पचरौता नगरपालिकाका नगर प्रमुख रमेश यादवले जनाएका छन् । साथै सबै सेवाग्राही र कर्मचारी लाई स्वास्थ्य मापदण्ड पूरा गरि सेवालिन र कामकारबाही गर्न समेत मेयर यादवले अनुरोध गरेका छन् । यस अघि जिल्ला सुरक्षा समिति बारा र डिसिसिएमसीको बैठक ले भदौ १६ गते निषेधाज्ञा खुकुलो गर्दै कार्यालय सञ्चालन गर्दा हुनसक्ने सम्भावित कोरोना संक्रमणको नियन्त्रण तथा विस्तारलाई रोकथाम गर्न नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्णय गरेको छ ।