तराई दु्रतमार्गको निर्माण २०८१ सालमा सकिने नेपाली सेना

काठमाण्डौ, २३ मंसिर नेपाली सेनाले काठमाडौं तराई दु्रतमार्गको निर्माण २०८१ सालमा सकिने जनाएको छ । सोमबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले २०८१ वैशाखसम्म फाट ट्रयाक निर्माण सकिने जानकारी गराउनु भएको छ । फास्ट ट्र्याक निर्माणमा ढिला भइरहेको भन्दै आलोचना भएका बेला नेपाली सेनाले अबको करिब साढे ४ वर्षपछि निर्माण सकिने जानकारी दिएको हो । कुल ७२.५ किलोमिटर लामो फास्ट ट्रयाकमा ५५.५ मिटर सडक, ६.४१ मिटर सुरुङ र १०.५९ किलोमिटर पुल रहने जनाएको छ । ललितपुरको खोकना प्रवेशविन्दु रहेको फास्ट ट्र्याक पहाडी क्षेत्रमा २५ मिटर र समथर भूभागमा २७ मिटर फराकिलो हुने जनाएको छ । फास्ट ट्रयाकको तीन ठाउँमा सुरुङ मार्ग हुने समेत जनाएको छ । महादेवडाँडामा ३.३३५ किमी, धेद्रेमा १.६३० किमी र लैनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ हुने जनाएको छ । फास्ट ट्र्याकमा ८७ वटा पुल मध्ये १६ वटा विशेष प्रकृति र ७१ वटा अन्य पुल रहने जनाएको छ ।