रविन्द्र मिश्र हेटौंडा आउँदै

हेटौंडा–केही समयअघि पार्टी फुटेपछि नयाँ संगठन निर्माणमा लागेका साझा विवेकशील पार्टीका अध्यक्ष रविन्द्र मिश्र संगठन विस्तार गर्न हेर्टौंडा आउने भएका छन् ।

मकवानपुर जिल्ला पार्टीको कार्यसमिति घोषणा गर्ने कार्यक्रमको लागि जेठ १८ गते हेटौंडा आउने कार्यक्रम तय भएको साझा विवेकशील पार्टी मकवानपुरका नेता राजन मैनालीले बताए । १८ गते हेटौंडाको क्वीक ट्वान्टी पार्टी प्यालेसमा एक विशेष समारोहकाबीच जिल्ला कार्यसमिति घोषणा कार्यक्रम राखिएको नेता मैनालीले बताए ।

कार्यक्रमकैबीच ७५ वर्ष कटेका जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै मकवानपुरमै कार्यक्षेत्र बनाई अटोरिक्सा र मयुरी चालक महिलाहरुलाई पनि सम्मान गर्ने कार्यक्रम तय गरिएको छ । समाज परिवर्तनसँगै आत्मनिर्भर बनेर समृद्धिको दिशामा अघि बढेकाले अटो रिक्सा र मयुरी चालह महिलाहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको पार्टीका नेता मैनालीको भनाइ छ ।

पार्टीप्रति लगाव राख्ने र शुभेच्छुकहरुलाई पनि साझा विवेकशील पार्टीले मकवानपुर जिल्ला कार्यसमिति घोषणा कार्यक्रममा आमन्त्रण गरेको छ ।