साईकलसहित लड्ेका युवकको मृत्यु

बारा, २८ साउन । आफ्ैले चलाएको साईकलसहित लड्ेका युवकको बुधबार बिहान १० बजे मृत्यु भएको छ । मृत्यु हुनेमा महागढीमाई नगरपालिका वडा नम्बर–४ मल्हनीटोल निवासी अंगद साह कानुको अन्दाजी बर्ष १७÷१८ को दिपेश साह कानु रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सेन्ट्रिङ्गमा काम गर्न घरबाट खाना खाएर निस्केको दिपेश सोही ठाउँको वडा नम्बर–१० गंजभवानीपुर स्थित प्रहरी पोष्ट नजिकै साईकलसहित खेतमा लडेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब निरीक्षक रामउद्या शर्माले बताए । यता दिपेश बाल्य अवस्थादेखि छारे(मृर्गी) रोगबाट ग्रस्ति रहेका स्थानीयहरुले बताएका छन् ।