रौतहट । अषाढ २ गते
रौतहटको कटहरिया नगरपालिका वार्ड १ बडका बडेरवा स्थित रामजानकी मठमा हालै निर्माण भएको पक्की दिवाल ढलेको छ । दिवालमा स्टिमेट अनुसार स्तरीय सामानको प्रयोग नभएको र पिल्लर न रहेको कारण दिवाल ढलेको हो । नगरपालिकाको कुल २० लाखको लगानीमा स्थानीय नरेस साहले गरेको निर्माणकार्यमा गुणस्तरीय सामानको प्रयोग न भएको गाउँलेहरुले गुनासो गरेका छन । स्रोतका अनुसार सोमबार राती आएको बर्षाले मठको उतर तर्फको ४० फिट दिवाल ढलेको स्थानीय गनिलाल यादवले जानकारी दिएका छन । त्यतिमात्र नभैइ पुर्वतर्फको दिवाल पनि ढाल्ने अवस्थामा रहेकोे स्थानीय गनिलाल यादवले बताएका छन । कटहरिया नगरपालिकाका ओभरसियर श्यामबाबू साहका अनुसार नरेस साहले गरेको निर्माणकार्य स्तरीय भएको छैन । दिवाल त कमजोर छदैछ मन्दिर समेत कम्जोर बनेको छ । स्टिमेट अघिनै निर्माण गरेको मन्दिरको पिल्लर कम्जोर छ, पिल्लरको साईजमा नै गडबडी छ । त्यतिमात्र न भैइ बिधुत वायरिङ भित्र बाट हुनुपर्नेमा त्यसो न भएको ओभरसियर श्यामबाबू साहले जानकारी दिएका छन । अनुगमनको क्रममा मन्दिरको काम स्तरीय न देखिएकाले आफुले उक्त कामको कुनै हालतमा बिल न बनाउने साहले दाबी गरेका छन । यश अघि नरेस साहले कामको रनिङ बिलको रुपमा सातलाख निकासी भैइसकेको छ । गएराती दिवाल खसेर स्थानीय सिमरिखिया देविको केही जग्गामा लगाएको उंखुबालिमा क्षति पुगेको र घरमा समेत क्षति हुने सम्भावना रहेको एकजना गांउले चन्देश्वर यादवले बताए । रामजानकी मठ निर्माणका लागि सिमरिखिया देविले ३ कठा जग्गा निशुल्क दिएकी थिईन । अहिले उनै जग्गादाताको बाली र घरमा क्षति पुर्याउनु आफैमा अमानवीय काम भएको जानकारहरुले टिप्पणी गरेका छन । यस विषयमा निमार्ण कार्य गरिरहेका स्थानिय नरेश साहले काम गुणस्तरीय भएको र माटो नयाँ भरान भएकोले पानि पर्दा पक्कि दिवाल ढलेको बताएका छन् ।