ब्यापारी धम्क्याएर रंगदारी माग्ने कलवार प्रहरीको फन्दामा

रौतहट स्थित व्यापारीलाई पटकपटक फोनमा धम्क्याएर रंगदारी टेक्स रकम माग गर्ने श्रीभगवान साह कलवार अभियुक्त पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटको प्राङ्गणमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा एस्पी महेन्द्र कुमार श्रेष्ठले ब्यापारी धम्क्याउने अभियोगी फतुवा बिजयपुर नगरपालिका ८ का कलवार सार्वजनिक गरेका छन।
पक्राउ परेका कलवार माथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धि कसुर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत गौर बाट म्याद थमाएर कारवाही प्रक्रिया अगाडी बढाइएको एस्पी श्रेष्ठले बताएका छन। पक्राउ परेका ३४ बर्षीय कलवारले एनसेलको नम्वर ९८०१५७७५१० बाट व्यापारीको मोबाईल फोनमा गत पुस १० गते देखि १८ गते सम्म पटक पटक फोन गरेर व्यपारी र उनको छोरा छोरीलाई ज्यानमार्ने धम्कीदिएर ५ लाख देखि सुरुगरेर अन्तमा ५० लाख रुपैयाँ माग गरेको पत्रकार सम्मेलनमा एस्पी महेन्द्र कुमार श्रेष्ठले सार्वजनिक गरेका छन।
घटनाबारे पीडितले प्रहरी लाई खवरगरे पछि गम्भीर अनुसन्धान गरेर उक्त नम्बरको मोबाईल प्रयोगकर्ता अभियुक्त कलवार लाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताइन् ।
घटनाका पीडित व्यापारीको नाम खुलाउदा उनको सुरक्षामा असर पर्न सक्ने भएकाले गोप्य राखिएको प्रवक्ता गिरीले बताएकी छन्।
यस्ता अपराधिक कार्यहरुलाई निष्तेज पार्न नागरिक समुदायबाट आएको सुचनालाई अति गोप्य राख्दै गहन छानविनबाट निज कसुरवाला कलवारलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी प्रवक्ता गिरीले स्पष्ट पारेकी थिइन्।
आपराधिक लाभ मुद्दाको कसुर दफा २१ को उपदफा ३५३ अनुसार
७ बर्ष कैद र ७० हजार जरिवानाको प्रावधान रहेको कानुन व्यवसायीले बताएको छ ।