रौतहट । आषाढ ३१ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिका को कटहरिया,बलिरामपुर र बहादुरपुर टोलमा सामाजिक सुरक्षा भता वितरण गरिएको छ । वडाको तिनै टोलमा उत भता वितरण गरिएको थियो । आर्थिक वर्ष २०७६ । २०७७ को बाँकि रहेको तेस्रो किस्ता वृद्धवृद्धाहरु लाइ उपलब्ध गराइएको वडा सचिव बच्चे लाल साहल जानकारी गराउनु भएको हो । गत ४ महिनाको बाँकि रहेको सामाजिक सुरक्षा भता एक मुष्ट दिइएको हो । जेष्ठ नागरिक लाइ १२ हजार,एकल महिला लाइ ८ हजार,दलित जेष्ठ नागरिक लाइ ८ हजार,पूर्ण अपांग लाइ १२ हजार,आशिंक अपांग लाइ ६ हजार ४ सय का दरले वितरण गरिएको वडाध्यक्ष सर्फलाल गुप्ताले जानकारी गराउनु भएको हो । हिजो वडा भरिमा करिब २० लाख रकम सामाजिक सुरक्षा भता स्वरुप दिएको र बाँकि क्रमश वितरण गर्दै जाने वडा सचिव साहले जानकारी गराएका हुन् ।