एमालेले टुंग्यायो प्रतिनिधीसभाका ११० समानुपातिक उम्मेद्वार, महिला ५७-५३ पुरुष

काठमाडौं, २ असोज । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले समानुपातिकतर्फको उम्मेदवार टुंग्याएको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले ११० जना उम्मेदवारको नाम टुंगो लगाएको उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।२७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था छ । एमालेले टुंगो लगाएको सूचीमा ५७ जना महिला रहेको गुरुङले जानकारी दिनुभयो । आदिवासी जनजातितर्फ ३२ जना, त्यसमा (महिला १६-१६ पुरुष), खस आर्यतर्फ ३४ जना, (महिला १७-१७ पुरुष), थारुतर्फ ७ जना (महिला ४-३ पुरुष) नाम तयार गरेको छ ।
दलिततर्फ १५ जना (महिला ८-७ पुरुष), मधेसीतर्फ १७ जना (महिला ९-८ पुरुष), मुस्लिमतर्फ ५ जना (महिला ३-२ पुरुष) गरेर महिला ५७ जना हुने गरेर ११० जना समानुपातिक तर्फको उम्मेदवारहरुको नाम तयार गरेको उहाँले जानकारी दिनुभयो । भोली एमालेले आयोगमा सुची बुझाउने बताइएको छ । आयोगले आज र भोली समानुपातिकको सूची बुझाउने कार्यसूची तय गरेको थियो ।सभार जनता टाइमस