खतबहिया कवारेनटाईन बाट १ सय ७ जनालाई पठाईयो घर


आरके श्रीवास्तव । रौतहट । जेष्ठ ३२

गुजरा नगरपालिकाको खतबहिया कवारेनटाईनमा बस्नेहरूको रिपोर्ट निगेटिभ आएपछि आज घर पठाईएको हो । नपाको वडा नम्बर ६ स्थित रहेको मदरसा सुफफतुल ईसलामिया कवारेनटिनमा रहेका १ सय ३६ जना मध्ये १०७ जना रिपोर्ट विरगंज बाट निगेटिभ आए पछि आज घर फर्काईएको वडाध्यक्ष सकिल अन्सारीले बताए । यस अघि कवारेनटिनमा बस्ने १११ जना र कवारेनटाईनमा खट्ने ३ जना कर्मचारीहरू को स्वाब संकलन गरि पठाईएको थियो । जसमा कवारेनटिनमा बस्ने १०७ र २ जना कर्मचारी रिपोर्ट ८ दिन मा आएको जानकारी गराईएको छ । बाँकिको रिपोर्ट आउन बाँकि रहेको छ । १९ दिनको लामो बसाइ पछि एक हप्ता होम कवारेनटाईन बस्ने सल्लाह दिदै उनीहरू लाई घर फर्काईएको कवारेनटाईन ईन्चार्ज जय नारायण पौडेल ले जानकारी गराए । डिस्चार्ज भए संगै कवारेनटिनमा बस्ने को संख्या घटेर ३१ पुगेको छ । कवारेनटिनमा दर्ता भए अनुसार २३१ जना मध्ये १ जना मात्रै पोजेटिभ केस देखिएको थियो । गुजरा १ रंगपुर मनहरवा का १८ वर्षिय पुरूष मा कोरोना देखिएको थियो । संक्रमित को उपचार चन्द्रपुर को आईसोलेसनमा भईरहेको र अवस्था समान्य रहेको छ बताईएको हो । यस अवसरमा उपमेयर रौशन खातुन,गुजरा नपाका प्रवता मो आरिफ मिया दर्जी , वडाध्यक्ष सकिल अन्सारी
, नेपाल प्रहरी का प्रतिनिधि र भद्रभलादमी को रोहबरमा कोरोना संकनस्पद हरू लाई छोडिएको वडाध्यक्ष अन्सारीले बताए । भारत बाट आउने को संख्या बढे संगै वडाको दुई ठाउँ आदर्श प्रावि र मदरसामा उनीहरूलाई राखिएको थियो ।