कटहरिया नपामा भइरहेको विकास निमार्ण कार्यको गरियो अनुगमन

रौतहट । जेष्ठ ३२
रौतहट जिल्लाको कटहरिया नगरपालिका द्वारा पूर्वाधार विकास निर्माणका काम काज लाई तीब्र गतिमा विकास निर्माणका काम आगाडी बढी रहेको छ । आज रौतहट जिल्लाको कटहरिया नगरपालिका कि उप प्रमुख नुरजाहा खातुन , प्रमुख प्रशासकीय अधिकृत श्याम कुमार सिंह ,समाज सेवी युवा नेता नसरूदिन अन्सारी ,योजना प्रमुख रामनरेश यादब, ओभरसियर(प्रविधिक) श्याम साह,लगायत आ. व २०७६ र ०७७ केन्द्रीय सरकारको योजना र वडा स्तरीय लगायतका को संचालमा रहेका कटहरिया नगरपालिकाका अन्तर्गत रहेको वडा नं ४ टोल वलरामपुर र बहादुरपुर मा संचाल रहेका योजनाहरू लाई अनुगमन तथा सुपरिवेक्षण गर्नु भएको हो । वडा नं ४ मा रहेका ५५ लाख को लागतमा स्वास्थ्य चौकी निर्माण र वलरामपुर मा ईदगाह को कम्पाउन्ड घेरा वेराको लागि ४ लाख लागतमा र भगवान शंकर मन्दिर निर्माण लागत ५ लाख साथै ग्रेभल कार्य लगायत का अनुगमन गरिएको रामअधार यादवले जानकारी गराए ।