सोसल मिडियामा गमछा चैलेन्ज अभियान ,फोटो पोष्ट गर्न युवाहरूमा होडबाजी

आरके श्रीवास्तव । रौतहट । जेष्ठ ३१
सामाजिक संजाल फेसबुकमा रौतहटका युवाहरूको गम्छा चैलेन्ज अभियान नै चलाएको देखिएको थियोे । मधेस का अधिकांश युवाहरू टाउकोमा मुरेठा र गलामा गम्छा लगाएको फोटोहरू पोष्ट गरेको छ्याप छ्यापती देखिन सकिन्थ्यो । आफनो पहिरन लाई बढावा दिन यहाँ का युवाहरूले चलाएको अभियान लाई धेरैले सकारात्मक नै लिएका छन् । यसरी भाषा ,संस्कृति ,रहनसहन , भेषभूषा लाई अगाडि बढाउन र संरक्षण गर्न सबै लाई अभिप्रेरित गरिएको थियो । यसमा काँही न काँही तराई मधेस को संस्कृति माथि हुने गरेको विभेत प्रति पनि संकेत गरेको थियो । कतिपय युवाहरूले गमछा मात्रै किन रुधोती, कुर्ता लाई पनि अंगालनु पर्नेमा जोड दिईएका थिए । मधेसी हुनुमा मलाई गर्वछ,लौ मेरो पनि गमछा चैलेन्ज भन्दै युवाहरूले स्टेटस लेख्दै फोटो पोष्ट गर्दै गरेको देखिन्थ्यो । केही व्यतीहरूले सोसल मिडिया यस्ता फोटोहरू पोष्ट गर्न समेत आहवान समेत गरेका थिए । कमेन्ट बक्समा पनि यस्तै फोटो हाल्न अपिल गरेका थिए । यसमा केही संचारकर्मीहरू समेत अग्रसर देखिएका थिए । यो गमछा अभियानको सुरूआत कसले गर्यो भन्ने अनुसंधान गर्दै जाँदा रिपोर्टस कल्ब रौतहटका अध्यक्ष एवम् युवा पत्रकार अभिमनु पटेलले मैले नै अभियान चलाएको जानकारी गराए । अभियान मा रौतहट का युवाहरू सब भन्दा अगाडि थिए भने पर्सा ,सर्लाही सहितका अन्य जिल्लाहरूमा पनि प्रभाव देखिएको पटेलले बताए । यस विषयमा एक जना युवा संघ मैले प्रतिक्रिया पनि लिन खोजे । हामी संगको कुराकानी मा रौतहट माधोपुरका एक जना युवा लालबाबु कुशवाहाले भने सबै जनाले फेसबुकमा फोटो पोष्ट गरेका थिए त्यही देखासिकि गरेर फोटो हालेको हुँ । चाहे जसरी होस भाषा , संस्कृति को विकाष र संरक्षण हुनु पर्दछ भन्ने मेरो धारणा छ त्यसैले मैले पनि पोष्ट गरेको हुँ ।
लकडाउनको समयमा अधिकांश युवा फुर्सदमा भएर यस्ता क्रियाकलाप मा लागेको हुन सक्ने जानकार हरूको ठम्याइ रहेको छ ।