भारतबाट नेपालीहरु र्फिता आउन थालेपछि सुरक्षा सर्तकता बढाइयो

बारा, जेठ ११ गते । रोजगारीको लागि भारत गएका नेपालीहरु र्फिता आउन थालेपछि नेपालमा सुरक्षा सर्तकता अपनाइएको छ । भारतको बिभिन्न सहरमा कामगर्दै आएका नेपाली मजदुरहरु लकडाउनको कारण काम नपाएर दिनहुँ स्वदेश र्फिता आउन थालेका छन् । नेपाल भारत दुई देशबीचमा खुल्ला सीमा रहेका कारण उनीहरु रातको समयमा बढी भारतबाट नेपाल आउने गरेको स्थानीयहरुले जानकारी बताएका छन् । यसरी नेपाली श्रमिकहरु रातीरातीको समयमा स्वदेश र्फिता आउन थालेपछि उनीहरु कुन ठाउँको रहेको पूर्ण विवरण सहितको जानकारी सीमा सुरक्षामा खटेका सशस्त्र प्रहरीसँग लिएर सोही पालिकाको प्रमुखसँग समन्वयगरि निर्माण गरिएको क्वारेन्टाईनमा त्यहाँको एम्बुलेन्स मगाएर पठाउने गरिएको हो । भारतबाट आउने नेपाली श्रमिकहरुको सँख्या दिनानुदिन बढ्दै गई रहेपछि सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा बिषेश निगरानी बढाएको तथा आउने नेपालीहरुलाई रोकेर त्यसैको पालिकामा पठाउने गरेको सशस्त्र प्रहरी बल नम्बर(१२ गण सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुवेदीले बताए । सीमा सुरक्षाको निगरानीमा सशस्त्र प्रहरीको ७ वटा स्थायी बेस कैम्प रहेपनि छिमेकी राष्ट्र भारतबाट कोरोना महामारी नियन्त्रणको लागि थप १७ वटा अस्थायी कैम्प स्थापनागरि अधिकृतदेखी करिब ४ सय सशस्त्र प्रहरी जवान खटाइएको उनले जानकारी दिए ।