हुलाकी सडकमा वृक्षारोपन

बारा, जेठ ११ गते । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाराको महागढीमाई नगरपालिकामा वृक्षारोपन गरिएको छ । महागढीमाई नगरपालिकाको पसाहा पुलदेखी बाजोपट्टी टोलसम्म करिब ८ किलोमिटर हुलाकी सडकको दुबै साईडमा बिभिन्न प्रजातीको बिरुवा आजदेखी रोप्ने कार्यक्रम सुभारम्भ गरिएको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताए । जिल्ला वन कार्यालयबाट बिरुवा, त्यसलाई संरक्षणगर्न नगरपालिकाबाट बाँसको डोल तथा प्रधानमंत्री रोजगार कार्यक्रमबाट श्रमिकहरुको व्यवस्था मिलाइएको उनले जानकारी दिए । नगरप्रमुख उपेन्द्र प्रसाद यादवको अगुवाईमा गरिएको वृक्षारोपन कार्यक्रममा निमित प्रशासकिय अधिकृत बिजय प्रसाद कुशवाहा, जिल्ला वन कार्यालय बाराका प्रमुख मञ्जुर अंसारीलगायतको स्थानीयहरुको सहभागिता रहेको थियो ।