स्वास्थ्य शिविर सम्पन्न

ईन्दु मिश्रा रौतहट, ११ माघ– रौतहटको बौधीमाई नगरपालिका ७ अल्पाईन ईंङ्गलिस बोर्डिङ्ग स्कुलमा शनिवार एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा आएका बिरामीहरुलाई विशेषज्ञ चिकित्सकद्वारा २ सय ५० जना बालबालिका, ३ सय ५० जना महिला र ४ सय पुरुष गरी एक हजार जानको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । शिविरमा डा. रोशन अली, डा. ऐनामुल हक, डा. जेपी जयसवाल, डा. शाहिद आलम, डा. पन्नालाल पटेल, डा. संजय अग्रवाल, डा. कृति अग्रवाल, डा. संजय अग्रवाल लगायतले बिरामीलाई जाच गरेका थिए । बौद्धीमाई पोली क्लिनिकको आयोजनामा भएको कार्यक्रममा बौद्धीमाई नगरपालिकाका मेयर राजिव रन्जन यादव, उपमेयर प्रेमलत्ता कुशवाहा, ईलाका हेल्थपोष्टका भुपु ईन्चार्ज जयमंगल प्रसाद सिन्ह, स्थानीय समाजसेवी सुरुजदेव कुशवाहा लगायतको उपस्थिती थियो । शिविरमा आएकाहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको थियो ।