संक्रमितको सँख्या बढेपछि आईसोलेसनको क्षमता बिस्तार गरिने

बारा, जेठ १६ । कोरोना १९ भाईरसबाट पीडित संक्रमितको संख्या बढ्ने क्रम जारी रहेकाले त्यसलाई न्यूनिकरणगर्न बारामा रहेका आईसोलेसनको क्षमता बिस्तार गरिने छ । जिल्ला प्रशासन कार्यालय बारा कलैयामा शुक्रबार सम्पन्न विपद् व्वस्थापन समितिको बैठकले सम्भाबवत जोखिमलाई ध्यानमा राख्र्दै प्रत्येक उपमहानगरपालिकाले ५०, नगरपालिकाले २५ र गाउँपालिकाले १० शैयाको आईसोलेसन निर्माण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिए । कुल ५५ जना संक्रमित रहेको बारा जिल्लामा हाल स्थानीय तहले निर्माण गरेका ३३ र जिल्ला अस्पताल कलैयामा ५० गरि ८३ शैयाको आईसोलेसन निर्माण गरिएको छ । उता छिमेकी राष्ट भारतमा रोजगारीका लागि गएका नेपालीहरु स्वदेश फर्किने क्रम जारी रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने सम्भावना दिनानुदिन बढ्दै गईरहेको भन्दै आजको बैठकले आईसोलेसन क्षमता बिस्तार गर्ने निर्णय गरेको हो । यसैगरी बिभिन्न स्थानिय तहमा सञ्चालित क्वारेन्टाईनलाई मापदण्डअनुरुप व्वस्थापन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए ।